काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ९११ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ।
११ हजार १८ जनाको कोराना परीक्षण गर्दा पीसीआर विधिबाट ८३८ र एन्टिजेन विधिबाट ७३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो।
हालसम्म नेपालमा पीसीआर विधिबाट ७ लाख ७७ हजार १६३ जना र एन्टिजेन विधिबाट ८६ हजार ६९४ जनामा संक्रमण पुष्टि भइसकेको छ। यही अवधिमा १४२३ जना निको भएका छन् भने १३ जनाको मृत्यु भएको छ।
शनिबार देशभर ९ सय ९४ जनामा कोभिड–१९ संक्रमण भएको थियो । ९ हजार ८ सय ४० जनामा गरिएको परीक्षणमा ९ सय ९४ जनामा संक्रमण देखिएको थियो ।
काठमाडौं उपत्यकामा ३ सय ५७ जना संक्रमित थपिएका थिए भने शनिबार नै २४ घण्टामा कोभिड संक्रमणबाट १२ जनाको मृत्यु भएको थियो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
