एमालेको विरोधका बाबजुद् मंगलबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल एमाले सांसदहरूको लगातार अवरोधले प्रतिनिधिसभाको बैठक प्रभावित हुँदै आएको छ।

आइतबार बसेको प्रतिनिधिसभाको बैठक पनि एमाले सांसदहरूको नाराबाजीका कारण आउँदो मंगलबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ।

Advertisement

आइतबार पहिलोपटक बसेको बैठकमा एमाले सांसदहरुको नाराबाजी भएपछि १५ मिनेटका लागि बैठक स्थगित गरिएको थियो।

दोस्रोपटक बसेको बैठकमा पनि एमाले सांसदहरूको नाराबाजी कायम रहेपछि सभामुख अग्निप्रसाद सापकोटाले आउँदो मंगलबारसम्मका लागि बैठक स्थगित गरिएको जानकारी दिए

आइतबारको दुवै बैठकमा सभामुख सापकोटाले संवादमार्फत समस्या समाधानमा आउन एमाले सांसदहरूलाई आग्रह गरे।

तर, उनीहरुले बेवास्ता गर्दै नाराबाजी गरे । समन्वय, समझदारी र सहकार्य पुग्नुपर्ने अन्तिम विन्दु रहेको भन्दै सभामुख सापकोटाले न्यूनतम साझा समझादारी कायम गरेर अघि बढ्ने बारम्बार अनुरोध गरे।

तर, सभामुखको आग्रहलाई वास्ता नगरी एमाले सांसदहरूको संसद बैठकमा नाराबाजी भइरह्यो। यसपछि बैठक स्थगित गरिएको हो । यसअघि बुधबार र बिहीबारको बैठक पनि एमाले सांसदहरुको नाराबाजीले प्रभावित भएको थियो।

More News last news
Loading...