काठमाडौं । दाङमा एक डरलाग्दो घटना देखिएको छ । बल्छीमा परेको ‘माछो टोक्दा’ अर्धचेत भएका एक व्यक्तिको मृत्यु भएको हो। शनिबार दाङमा एउटा अनौठो घटना भयो, एक जना व्यक्तिले बल्छी लगाएर तानेको माछो टोक्दा अर्धचेत भएका व्यक्तिको केहीबेरमै मृत्यु भएको हो।
लमही नगरपालिका–१ सुनडबरीका ४९ वर्षीय खिमबहादुर घर्ती स्थानीय खोलामा बल्छी लगाएर तानेको अढैया जातको माछाले टोकेलगत्तै अर्धचेत भएका थिए ।
जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेलेका अनुसार श्रीमतीसँगै स्थानीय कुलोमा बल्छी लगाएर माछा मार्न गएका घर्तीको जालमा सर्पजस्तै लामो अढैया जातको माछा परेको थियो ।
माछा फटफटाइरहेपछि घर्तीले मार्नलाई आफ्नै मुखले त्यसको टाउको टोकेका हुन् । त्यसपछि अर्धचेत भएका उनलाई दौडाएर अस्पताल ल्याइएको थियो । तर चिकित्सकले उनको मृत्यु भइसकेको घोषणा गरेका हुन् ।
एसपी काफ्लेका अनुसार झन्डै शनिबार दिउँसो २स्४५ बजेतिर घर्तीको बल्छीमा सर्पजस्तै देखिने झन्डै एक हात लामो अढैया जातको माछा परेको थियो । त्यसको टाउको मुखले टोकेको ३–४ मिनेटपछि घर्ती अर्धचेत भएका थिए ।
श्रीमतीले गाउँलेलाई गुहारेर श्रीमानलाई साढे ३ बजेतिर लमही अस्पताल पुर्याउना साथ चिकित्कसले मृत घोषणा गरेको जानकारी दिइएको छ ।
अनौठो घटना घटेको भए पनि पोष्ट मार्टम रिपोर्ट नआउँदासम्म घर्तीको मृत्यु के कारणले भयो भन्न सक्ने अवस्था नरहेको प्रहरी बताउँछ ।
झन्डै एक हात लामो माछा पनि अस्पतालमै राखिएको छ । एकाएक घर्तीलाई हृदयघात भएको हुन सक्ने शंका गरिएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
