आजदेखि ५६ जिल्लामा काँग्रेसको वडा अधिवेशन शुरु

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आजदेखि वडा अधिवेशन शुरु हुँदैछ । हालसम्म क्रियाशील सदस्यता नामावली सार्वजनिक भएका ५६ जिल्लाका वडामा आजदेखि अधिवेशन शुरु भएको हो।

नामावली प्रकाशित भएका सम्बन्धित जिल्लामा जिल्ला निर्वाचन अधिकृतलाई समेत खटाइएको बताइएको छ। ती सबै जिल्लामा निर्वाचनका लागि आवश्यक सामग्री समेत पठाइ सकिएको छ। क्रियाशील सदस्यता सूचि भएका सबै जिल्लाको वडा अधिवेशन सम्भव भएसम्म शुक्रबार नै सक्ने कांग्रेसको योजना छ।

Advertisement

करिब नौ लाखको संख्यामा रहेका कांग्रेस क्रियाशील सदस्य पार्टीको गाउँ/नगर वडा अधिवेशनका मतदाता हुन्। क्रियाशील सदस्यले आफ्नो वडाको वडासमिति र क्षेत्रीय प्रतिनिधिको चयन गर्ने कांग्रेस विधानमा उल्लेख छ।

आगामी मंसिर ९ गतेदेखि १३ गते सम्मका लागि कांग्रेसले १४ औं महाधिवेशनको मिति तोकेको छ। यसैबीच कोरोना महामारीको जोखिमकाबीच नेपाली कांग्रेसको १४ औँ महाधिवेशन गर्न लागिएको भन्दै रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ।

कांग्रेसबाट वाग्मती प्रदेशका प्रदेशसभा सांसद नरोत्तम वैद्यले अधिवक्ता भूपेन्द्रप्रसाद पोखरेल मार्फत बिहीबार रिट दायर गर्नु भएको हो।

More News last news
Loading...