२४ घण्टामा देशभर थपिए २००४ कोरोना संक्रमित, काठमाडौँमा सबैभन्दा धेरै

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १० हजार ६५८ जनाको पीसीआर परीक्षणमा १ हजार ६१९ र ३ हजार ९९२ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३८५ जनामा कोरोना पुष्टि भएको छ।

Advertisement

पछिल्लो २४ घण्टामा थप १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट १ हजार ८४६ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ। निको हुने दर ९४.२ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ।

जसमध्ये काठमाडौँ उपत्यकामा मात्रै ७९३ जनामा कोरोना भाइरस पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ५४१ जना, भक्तपुरमा १०० जना र ललितपुरमा १५२ जना कोरोना संक्रमित थपिएका हुन्।

त्यस्तै, झापामा १२६, मोरङमा ११२, कास्कीमा १०५, सुनसरीमा ६४, चितवनमा ६०, रुपन्देहीमा ४१ र काभ्रेमा २८ जना संक्रमित भेटिएका छन्।

More News last news
Loading...