काठमाडौँ । नेपाल परिवार दलको राष्टिय महाधिवेशन आगामी कात्तिक २८ र २९ गतेका लागि तय भएको छ।
राजधानीमा बसेको केन्द्रीय कार्यसमिको बेठकले कात्तिकमा महाधिवेशन गर्ने निर्णय गरेको हो। बैठकले महाधिवेशन सम्पन्न गर्न विभिन्न जिम्मेवारी बाँडफाँट गरेको महासचिव डाँगीले बताए।
महाधिवेशनमा २५०० प्रतिनिधिले श–शरीर वा अनलाइनको माध्यमबाट सहभागिता जनाउने महामन्त्री बिनोद डाँगीले जानकारी दिए। बैठकमा महाधिवेशनमा प्रयोग गरिने डिजिटल प्रविधिको प्रस्तुति पनि गरिएको थियो ।
दलका अध्यक्ष एकनाथ ढकालको अध्यक्षतामा बसेको बैठकले विधान संशोधनको सिफारिश गर्न अधिवक्ता दयाराम कँडेलको संयोजकत्वमा केन्द्रीय सदस्यहरु गणेश कुमार श्रेष्ठ, गोभिन्दनाथ मिश्र, सभासद मिलन कुमारी राजबंशी र अधिवक्ता राजेश कुमार बिष्ट रहेको एक समिति गठन गरेको दलले जानकारी दिएको छ।
बैठकले महामन्त्री बिनोद डाँगीको संयोजकत्वमा सबै प्रदेश संयोजक सदस्य रहने गरी प्रदेश तथा स्थनीय क्षेत्रमा संयोजक तोक्न सिफारिश समिति पनि गठन गरेको दलका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
