नेपालमा थप २ हजार २९५ जनामा कोरोना पुष्टि, १६ को ज्यान गयो

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार २९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ८९२ पीसीआर परीक्षणमा १९०२ जना र ४३४१ एन्टिजेन परीक्षणमा ३९३ जना गरी २२९५ जनामा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १ हजार ८०८ रहेको छ र मृत्यु हुनेको संख्या १६ रहेको छ।

Advertisement

सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ६१ हजार १२४ पुगेको छ। योसँगै नेपाल मृत्‍यु हुनेको संख्या १० हजार ७३० पुगेको छ भने ७ लाख १४ हजार ५२० जना संक्रमणमुक्त भएका छन्।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार ८७४ जना रहेका छन्। जसमध्ये ३३ हजार ३३३ जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ५४१ जना संस्थागत आइसोलेसनमा रहेका छन्। कोरोनाका बिरामीमध्ये ५६८ जना आईसीयू र १६० जना भेन्टिलेटरमा उपचाररत् छन्।

यस्तै १० वर्ष मुनिका ३९ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १ सय ५६ जना कोरोना संक्रमित थपिएका छन् ।

कुन जिल्लामा कति संक्रमित थपिए ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौँमा ६६५, ललितपुरमा १३८, झापामा ११७, कास्कीमा १०७, भक्तपुरमा १०३ र सुनसरीमा १०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै मोरङमा ९०, चितवनमा ५६, नुवाकोटमा ३९, मकवानपुरमा ३७, कालिकोटमा ३२, धादिङमा २८, काभ्रेपलाञ्चोक, दोलखा र बाँकेमा २४-२४ जना, नवलपरासी पूर्व र दाङमा १९/१९ जना, उदयपुर, रामेछाप र जुम्लामा १७/१७ जना, सिन्धुपाल्चोकमा १५, गोरखा र तनहुँमा १२/१२ जनामा कोरोना देखिएको स्वास्थ्यत तथा जनसंख्या मन्त्रालयले जनाए।

More News last news
Loading...