गठबन्धनका दलहरुबीच मन्त्रालयको भागवन्डा नमिल्दा सरकार विस्तारमा सकस

काठमाडौँ । मन्त्रिपरिषद्लाई छिटै पूर्णता दिने विषयमा सत्ता साझेदार दलबीच छलफल भएको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएको डेढ महिना बितिसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन।

गठबन्धन दलहरुबीच कुन दलले कति मन्त्रालय लिने भन्नेमा सहमति भए आजै सम्बन्धित दलले मन्त्री बन्नेको नाम दिने र मन्त्रिपरिषद् विस्तार गर्ने तयारी छ।

Advertisement

प्रधानमन्त्री देउवाको नेतृत्वमा आज बसेको बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलगायतका शीर्ष नेताहरु सहभागी थिए।

यस्तै, सत्ता गठबन्धनका नेताहरुले दार्चुलाका जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएको घटनाबारे सरकारको अडान प्रष्ट पार्न पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन्।

गएको साउन १५ गते भारतीय सुरक्षाकर्मीले तुइन फुकाइ दिँदा धामी महाकालीमा बगेको प्रत्यक्षदर्शीले बताएका छन्।

घटनाको अनुसन्धानका लागि सरकारले छानबिन समिति बनाए पनि अझै प्रतिवेदन सार्वजनिक भएको छैन। सरकारले नै घटना लुकाउन खोजेको पीडित परिवारको आरोप छ।

More News last news
Loading...