प्रदेश-२ का मन्त्रीको जिम्मेवारी फेरबदल

काठमाडौँ । प्रदेश नम्बर २ मा मन्त्रीहरूको जिम्मेवारी हेरफेर गरिएको छ। मुख्यमन्त्री लालबाबु राउतले अर्थ मन्त्रालय र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी हेरफेर गरेको हुन् ।

अर्थ मन्त्रालयको जिम्मेवारी शैलेन्द्र कुमार साहले पाएका छन्। यस अघि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारीमा रहेका शैलेन्द्र कुमार साहलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ।

Advertisement

यस्तै जसपा प्रदेश समितिका अध्यक्ष समेत रहेका विजयकुमार यादवले साहले सम्हाल्दै आएको मन्त्रालयको जिम्मेवारी पाएका छन्। मुख्यमन्त्री राउतले जिम्मेवारी हेरफेरको जानकारी मन्त्रीहरूलाई दिइसकेको पूर्व राज्यमन्त्री सरोज सिंह कुश्वाहाले बताए।

देशमा पछिल्लो समय विकसित भएको राजनीतिक परिस्थितीले गण्डकी, लुम्बिनी, बागमती र प्रदेश १ मा सरकार फेरिए पनि प्रदेश २ मा भने सरकार फेरिने सम्भावना न्युन रहेको छ।

प्रदेश २ का मूख्यमन्त्री लालबाबु राउत केन्द्रीय सरकारको एक घटक जनता समाजवादी पार्टी पनि रहेका कारण प्रदेश २ मा पनि सोही गठबन्धनको सरकार यथावत रहने भएको हो । लालबाबुकै नेतृत्वमा सरकार रहेपनि मन्त्रिमण्डलमा भने हेरफेर हुन सक्ने छ ।

More News last news
Loading...