आज पनि कोरोना संक्रमित भन्दा निको हुने बढी, कति थपिए ?

काठमाडौँ । लगातार दोस्रो दिन आज पनि कारोना संक्रमण पुष्टि हुने भन्दा निको हुनेको संख्या धेरै भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप दुई हजार दुई सय २२ जना निको भएका छन्।

अहिलेसम्म नेपालमा सात लाख १० हजार चार सय ५२ जना संक्रमण मुक्त भएका छन् । यस्तै २४ घण्टामा एक हजार आठ सय ५७ जना नयाँ संक्रमित थपिएका छन् । पीसीआर र एण्टिजेन गरी १३ हजार एक सय ७६ जनाको परिक्षण गर्दा एक हजार आठ सय ५७ जनामा संक्रमण पुष्टि भएको हो।

Advertisement

२४ घण्टामा परीक्षण गरिएकामध्ये १४ प्रतिशतमा संक्रमण देखिएको छ । आज थपिएकासहित नेपालमा संक्रमण पुष्टि हुनेको संख्या आठ लाख ४० हजार ८ सय ५ जना पुगेको छ ।

हिजो पनि संक्रमित हुने भन्दा निको हुनेको संख्या बढी थियो । यस्तै थप २७ जनाको ज्यान गएसँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १० हजार ६ सय ९० जना पुगेको छ ।

अहिले नेपालमा ३६ हजार ८ सय ६६ जना सक्रिय संक्रमित रहेकोमा ६ सय १५ जनाको आईसीयू र एक सय ७४ जनाको भेण्टिलेटरमा उपचार भइरहेका छ ।

More News last news
Loading...