डाइटिङ गर्ने बानी छ ? सावधान ! शरीरमा पर्नसक्छ यस्तो साइड इफेक्ट

काठमाडौँ । शरीरले यस्तो संकेत दिन्छ, जब अहिले धेरैलाई मोटोपनको समस्या छ। मोटोपन कसरी नियन्त्रण गर्ने ? यसमा धेरैले अपनाउने विकल्प हो, डाइटिङ। अर्थात उपवास।

मोटोपन बढ्नुमा खाना नै जिम्मेवार छ र खानामा कटौती गरेपछि मोटोपन नियन्त्रण हुन्छ भन्ने आम बुझाई छ। भलै कतिपय चिकित्सकले यसलाई सही मानिरहेका छैनन्।

Advertisement

यद्यपि खानामा कटौती गर्ने वा छाक नै छाड्ने क्रम भने उस्तै छ । मोटोपनले गाँज्न थालेपछि अधिकांशले खाना छाड्ने गरेका छन्। जबकी खाना छाड्दैमा मोटोपन नियन्त्रण हुने भन्दा पनि यसले अरु स्वास्थ्य समस्या निम्त्याउने खतरा रहेको चिकित्सकहरुको भनाई छ।

खासगरी खाना कम खान थालेपछि वा खाना नै छाडेपछि सबैभन्दा पहिले त शरीरलाई आवश्यक पोषणको अभाव हुन थाल्छ । शरीरमा पोषक तत्वको कमी भएपछि कमजोरी महसुष हुन्छ । पेटको दुखाई हुन्छ ।

महिलामा मासिक स्राव रोकिने वा अनियमित हुने समस्या हुन्छ । खाना छाडेपछि शरीरले केही त्यस्ता संकेत दिन्छ, जुन गलत डाइटिङको कारण हुँदैछ ।

एसिडिटी

डाइटिङका क्रममा मान्छेले खाना छाड्छन् वा कम्ती खाने गर्छन् । यसले गर्दा पेटमा ग्याष्ट्रिक हुने वा पेट दुख्ने समस्या सुरु हुन्छ । यसले के संकेत गर्छ भने, तपाईंको शरीरलाई सही मात्रामा खाना पुगिरहेको छैन ।

बेचैनी

डाइटिङ गरिरहँदा हामीलाई भोक अनुभव पनि हुन्छ । खानेकुराको तलतल लागिरहन्छ । यसले गर्दा हामीमा एक किसिमको वेचैनी हुन्छ ।

एकै पटकमा धेरै खाने

डाइटिङ गर्नेहरुले अक्सर के गल्ती गर्छन् भने लामो समय भोकै रहन्छन् । जब खाना खान्छन्, तब आवश्यक्ताभन्दा निकै बढी खाइदिन्छन् । एकै पटकमा धेरै खाना खाइदिन्छन् । यसले मोटोपन नियन्त्रण हुने भन्दा पनि बढ्ने जोखिम हुन्छ।

पोषक तत्वको कमी

डाइटिङ गर्नु भनेको खाना छाड्नु होइन । बरु, सन्तुलित र उचित मात्रामा खानु हो । जब डाइटिङको चक्करमा खाना छाड्छौं, शरीरमा आवश्यक पोषक तत्व कमी हुन्छ। आफ्नो शारीरिक गतिविधि अनुसार पनि उचित मात्रामा खाना खानुपर्ने हुन्छ। खानाको मात्रा कम भएमा मोटोपन नियन्त्रण हुने भन्दा पनि शरीर रोगी हुन्छ ।

अनियमित मासिक स्राव

डाइटिङको क्रममा शरीरको मेटाबोलिज्म कम हुन्छ, जसले शरीरमा हर्मोन परिवर्तन हुन्छ। यसले महिलामा अनियमित मासिक स्रावको समस्या बढ्छ । यदि यस्तो संकेत देखिएमा डाइटिङ बन्द गर्नुपर्छ।

More News last news
Loading...