नेपालमा थप २ हजार ३३ जनामा कोरोना पुष्टि, २६ को ज्यान गयो

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ४३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९,७०२ पीसीआर परीक्षणमा २,०५२ जना र ४,६७२ एन्टिजेन परीक्षणमा ३८१ जना गरी २४३३ जनामा संक्रमण पुष्टि भएको हो।

Advertisement

पछिल्लो २४ घण्टामा १९२९ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणका कारण २६ जनाले ज्यान गुमाएका छन्। बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ५४ हजार ९१५ पुगेको छ।

योसँगै नेपाल मृत्‍यु हुनेको संख्या १० हजार ६३८ पुगेको छ भने ७ लाख ५ हजार ८९३ जना संक्रमणमुक्त भएका छन्। मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ३८४ जना रहेका छन्।

जसमध्ये ३५ हजार ३५४ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार ३० जना संस्थागत आइसोलेसनमा रहेका छन्। कोरोनाका बिरामीमध्ये ६२० जना आईसीयू र १६५ जना भेन्टिलेटरमा उपचाररत् छन्।

यस्तै १० वर्ष मुनिका ५४ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १ सय ७७ जना कोरोना संक्रमित थपिएका छन्।

More News last news
Loading...