काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ४८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ९ हजार ७११ जनाको पीसीआर परीक्षणमा १ हजार ८६२ र ५ हजार ५७९ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ६२० जनामा कोरोना पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा थप ४४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट १ हजार ७८१ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।
हिजो देशभर २ हजार ५२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९,९०९ जनामा गरिएको पीसीआर परीक्षणमा २,०२० र ४,९०१ एन्टिजेन परीक्षणमा ५०५ जना गरी २,५२५ जनामा संक्रमण पुष्टि भएको थियो ।
मंगलबार कोरोना संक्रमित २ हजार ८६ जना संक्रमणमुक्त भएका थिए भने ३५ जनाको संक्रमणबाट ज्यान गएको थियो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
