एमाले छोडेर थप ३ सांसद नयाँ समाजवादीमा प्रवेश, ओलीले पत्रकार सम्मेलन गर्दै

काठमाडौं । नेकपा एमालेका थप तीन जना सांसद पार्टी छोडेर नेकपा एकीकृत समाजवादीमा जाने भएका छन् ।

प्रतिनिधिसभाका सदस्य सोमप्रसाद पाण्डे र माया न्यौपाने र राष्ट्रिय सभाका शारदादेवी भट्ट माधवकुमार नेपाल नेतृत्वको पार्टीमा जाने भएका हुन्।

Advertisement

उनीहरुले मंगलबार निर्वाचन आयोगमा समाजवादीको सूचीमा समावेश गरिदिन निवेदन दिएका छन्। यसअघि समाजवादीले बुझाएको सूचीमा भट्टको नाम समावेश थियो तर उनको हस्ताक्षर थिएन।

आयोगले बुधबार नयाँ दल दर्ताको लागि हस्ताक्षर सहितको सनाखत गराउन बोलाएको छ । यी तीन सांसदले पनि सनाखतका लागि आयोगमा निवेदन दिएका हुन्।

ओलीले पत्रकार सम्मेलन गर्दै

यता नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पत्रकार सम्मेलन गर्न लागेका छन् । तुलसीलाल अमात्य स्मृती भवन च्यासलमा आज विहान ११ बजे ओलीले पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

नेकपा (एमाले)मा लामो रस्साकस्सीपछि असन्तुष्ट नेताहरुले एकताको सन्देश दिएसँगै ओलीले आज पार्टी एकताको सन्देश र देउवा सरकारको डेढ महिने समीक्षाका बारेमा पत्रकार सम्मेलन गर्न लागेको पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन् ।

More News last news
Loading...