एक महिनामा देशभर थपिए ७२ हजार संक्रमित, २२ जिल्ला रेडजोनमा (सूचिसहित)

काठमाडौं । पछिल्लो समय देशका विभिन्न जिल्लामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या बढ्दै गएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंसहित २२ जिल्लामा सक्रिय संक्रमितको संख्या पाँचसय बढी रहेका छन् । ती जिल्लाहरुलाई मन्त्रालयले रेडजोनको सूचीमा राखिएको छ ।

Advertisement

पाँचसय भन्दा बढी संख्यामा सक्रिय संक्रमित भएका रेडजोनमा परेका जिल्लाहरुमा काठमाडौं, भक्तपुर, ललितपुरसहित मोरङ, सुनसरी झापा, चितवन, मकवानपुर, काभ्रे, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, नवलपरासी पूर्व, कास्की, बाग्लुङ, गोरखा, स्याङ्जा, तनहुँ, दाङ, रूपन्देही, सुर्खेत र कैलाली रहेका छन् ।

त्यस्तै, १७ जिल्लामा सक्रिय संक्रमित दुई सयभन्दा बढी रहेको मन्त्रालयको तथ्यांक छ । गत साउनमा मात्रै ७२ हजारभन्दा बढी कोभिड संक्रमित थपिएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । साउन मसान्तसम्म नेपालमा कोभिड संक्रमितको संख्या ७ लाख ३४ हजार ८३८ पुग्यो ।

यो एक महिनाको अवधिमा थपिने संक्रमितको तुलनामा निको हुनेको संख्या न्यून रहेको छ । हालसम्म नेपालमा कोभिड–१९ संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ५०९ पुगेको छ ।

More News last news
Loading...