काठमाडौँ । लुम्बिनी प्रदेशसभाको बैठक आज (सोमबार) बस्ने तय भएको छ । आज दिउँसो १ बजे नवौं अधिवेशनको तेस्रो बैठक बस्न लागेको हो ।
बैठक बोलाइए पनि प्रमुख प्रतिपक्षी दल एमालेका कारण बैठक सञ्चालन हुने सम्भावना न्यून छ। सभामुखले सूर्य चिह्नबाट लडेका सांसद हटाउन अस्वीकार गरेपछि एमालेले विरोध गर्दै आएको छ।
एमालेले यसअघि नै प्रदेश सभा चल्न नदिने भन्दै आएको छ।
प्रदेश सभा सदस्य अजय शाही र विमला खत्री ओलीलाई एमालेले गरेको कारबाही सभामुख पूर्वबहादुर घर्तीले अस्वीकार गरेका थिए ।
एमालेले ह्वीप उल्लंघन गरेको भन्दै सांसद शाही र वलीलाई दलबाट निष्कासनको कारबाही गरी पदमुक्त गर्न सभामुखसमक्ष पत्र दिएको थियो । तर ती सांसदलाई पदमुक्त गर्न मिल्ने आधार नदेखिएकाले पदमुक्त नगरेको ब्यहोराको पत्र एमालेलाई पठायो।
त्यसपछि एमालेले प्रदेशसभाका दुवै जना सांसदलाई पदमुक्त नगरेसम्म संसद चल्न नदिने बताइसकेको छ ।
हिजो पत्रकार सम्मेलन गरी एमाले संसदीय दलले सभामुखले संसदीय मूल्य मान्यता विपरीत स्वेच्छाचारी र निरंकुश व्यवहार देखाएको भन्दै सांसद शाही र वलीलाई कारबाही नगरेसम्म संसद चल्न नदिने बताएको हो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
