काठमाडौँ । कुनैपनि खानेकुरा खाइसकेपछि त्यो पच्ने प्रक्रिया मुखबाट नै सुरु हुन्छ। खानेकुरालाई पाचनतन्त्रले स–साना टुक्रामा जस्तै ग्लुकोज, एमिनो एसिड, फ्याटी एसिडमा तोड्छ। त्यसपछि यी पौष्टिक तत्व हाम्रो रगतको माध्याम हुँदै विभिन्न भागमा पुग्छन्।
आधा पचेको भोजन हाम्रो सानो आन्द्रामा पुग्छ। त्यसपछि भोजनलाई ठूलो आन्द्रामा पठाइन्छ। यसमा रहेका उपयोगी पोषक तत्व शरीरले ग्रहण गर्छ। बाँकी रहेको भोजन विकारको रुपमा शरीरबाट बाहिर निकाल्छ। पाचन प्रणालीले यति राम्ररी काम गरिरहेको हुन्छ।
पाचन प्रणाली जति चुस्त र बलियो हुन्छ, मान्छे उत्तिनै निरोगी र जवान रहन्छ। पाचन तन्त्र खराब भएमा शरीरमा पोषणको अभाव हुन्छ र विभिन्न रोगले आक्रमण गर्छ। त्यसैले जरुरी छ, पाचन यन्त्रलाई बलियो र सफा राख्न। यसका लागि के गर्ने त ?
सही ढंगले खाने
के खाने भन्नेकुरा जति महत्वपूर्ण छ उत्तिनै कसरी खाने भन्ने पनि। सधै निश्चित समय तालिकामा खाने गर्नुपर्छ। खाने समय अनियमित हुनुहुँदैन। खाना खाँदा विस्तारै, आनन्दपूर्वक, स्वाद लिएर खानुपर्छ । राम्ररी चपाएर मात्र खानेकुरा निल्नुपर्छ। राती सुत्नुभन्दा दुई, तीन घण्टा अघि नै खाना खनुपर्छ।
बिहान भरपेट खानुपर्छ र त्यसपछि क्रमस खानाको मात्रा कम गर्नुपर्छ । रातको खाना सुपाच्य र हल्का हुनुपर्छ।
फाइबरयुक्त भोजन
फाइबर पाचनतन्त्रका लागि एकदमै उपयोगी हुन्छ । घुलनशील फाइबरले पानीलाई अवशोषित गर्छ र निष्कासन सही हुन्छ। खानामा फाइबर कम हुँदा कब्जियत, इरिटेबल बाउल सिन्ड्रोम, डाइभर्टिकुलिटिस र कोलन क्यान्सर जस्ता पाचनतन्त्रसँग सम्वन्धित विकार उत्पन्न हुन सक्छन् ।
पर्याप्त पानी
पाचन तन्त्रलाई सही राख्नका लागि पानी अनिवार्य हुन्छ । विहान उठ्नसाथ मनतातो पानी पिउनुपर्छ । त्यसपछि दिनभरमा उचित मात्रामा पानी पिउनुपर्छ । दिनमा औसत दुई वा अढाई लिटर पानी पिउनुपर्छ।
प्रो बायोटिक्सको सेवन
प्रो बायोटिक्स एक यस्तो ब्याक्टेरिया हो जसले पाचन तन्त्रलाई स्वस्थ राख्न मद्दत गर्छ । यो डायरिया र इर्रिटेबल बाउल सिन्ड्रोम जस्ता अवस्थाहरुमा पनि निकै सहयोगी सावित हुन सक्छ।
यस्तो ब्याक्टेरियाले आन्द्राको अम्लतालाई बढाएर हानिकारक जीवाणूहरुको विकासलाई रोक्न मद्दत पु¥याउँछ । दहीमा प्रोबायोटिक्स हुने भएकाले यसको सेवन गर्नु फाइदाजनक हुनेछ।
अमिलो फलको सेवन
कागती जस्ता अमिलो फल पाचन यन्त्रका लागि उपयोगी मानिन्छ। कागती जस्तै सुन्तला पनि पाचन प्रणालीमा सहयोगी हुन सक्छ।
जडिबुटी र मसलाको प्रयोग
जडिबुटी र मसलाले भोजनमा स्वाद मात्रै बढाउँदैन, पाचनमा पनि सहयोग पु¥याउँछ। यसको स्वाद र गन्ध दुवै ग्यास्ट्रिक र ¥याल पैदा गर्न सहायक हुन्छ। उदाहरणका लागि धनिया, अदुवा, जिरा, मरिच, खुर्सानी र बेसारले पित्त अम्ललाई बढाएर कार्बोहाइड्रट र बोसोलाई पचाउन मद्दत पु¥याउन सक्छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
