गर्भावस्थामा पायल्सको समस्या उच्च, कसरी पाउने छुटकारा ?

काठमाडौँ । हुन त गर्भावस्थामा कब्जियत हुने संभावना अधिक हुन्छ। कब्जियतले पायल्स। यतिबेला महिलाको स्वास्थ्य फरक ढंगबाट गुज्रिरहेको हुन्छ।

गर्भमा शिशुको विकासको कारण भइरहँदा महिलाको मासिक चक्र खण्डित हुन्छ। यही कारण कब्जियत हुन्छ। कब्जियत नै पायल्सको मूल कारण हो। यो समस्या विशेषगरी गर्भावस्थाको १७ औं र १८ औं सप्ताहमा हुन्छ।

Advertisement

सुरुवाती दिनमा मल त्याग वा दिसा गर्न कठिनाई हुन्छ। मलद्वारको आसपासको भागमा दुखाई र चिलाउने समस्या हुन्छ। साथै दिसा गरेको बेला रगतको थोपा तप्किन थाल्छ। मलद्वारको आसपासमा मासुको स-सना दाना देखिन थाल्छ। कुनै कडा ठाउँमा बस्दा असजिलो महसुष हुन्छ।

गर्भवतीको शरीरमा प्रवाहित भइरहेको रगतको मात्रा बढ्छ। र, प्रोजेस्टेरोन हर्मोनलाई हाइ लेभल ब्लड वेसलको भित्ता शिथिल बनाइदिन्छ। यसैले पायल्सको समस्या हुन्छ।

गर्भावस्थामा पायल्सको समस्या हुनु आम हो। चाहे तपाईं गर्भवती हुनुअघि यस्तो समस्याबाट ग्रसित भएको होस् वा गर्भावस्थामा नै। कतिपय महिलाले प्रसुतीपछि यस समस्याको सामना गर्नुपर्ने पनि हुन्छ।

तपाईंलाई थाहै छ, गर्भावस्थामा चिकित्सकले आयरन सेवन गर्नका लागि सुझाव दिन्छन्। कहिले काहीँ आइरन बढी हुँदा पनि पायल्सको समस्या हुनसक्छ।

गर्भावस्थामा पाचनको समस्या हुन्छ, जसको कारण पनि यस्तो जटिलता थपिन सक्छ। शिशुको जन्मपछि पायल्स आफै ठिक हुनपनि सक्छ। कतिपय अवस्थामा भने पायल्स ठिक हुन बर्षदिन पनि लाग्न सक्छ।

प्रसव व्यथा लागेको बेला

कतिपय महिलामा पायल्स हुने संभावना प्रसूती व्यथा लागेको बेला हुनसक्छ। किनभने त्यसबेला महिलाहरुको गर्भबाट बच्चा बाहिर निस्कनका लागि पुरा बल गरिरहेको हुन्छ। यही कारण मलद्वारको नसा आसपास सुन्निन थाल्छ।

पायल्सको लक्षण

दिसा अर्थात मलत्याग गर्दा रगत बग्नु

म्यूकस निस्कनु

मलद्वारमा दुख्नु, चिलाउनु।

पटक-पटक दिसा लागेजस्तै हुनु।

गर्भावस्थामा पायल्सबाट कसरी बच्ने त ?

गर्भवस्थामा पायल्स हुने संभावना त धेरै हुन्छ। यद्यपी यसबाट बच्न नसिकने होइन। पायल्सको समस्याबाट छुटकारा पाउनु भनेको कब्जियतको अवस्था आउन नदिनु हो।

यसका लागि शरीरमा पानीको मात्रा धेरै हुनुपर्छ। नियमित मात्रामा दिनमा १० गिलास जति पानी पिउने।

चिया वा क्याफिनको सेवन नगर्ने ।

फाइबरयुक्त खानेकुरा सेवन गर्ने ।

पर्याप्त मात्रामा फल र सब्जी खाने ।

तरल वा झोलपदार्थ बढी सेवन गर्ने ।

नियमित व्यायाम गर्ने ।

जब दिसा लाग्छ, तब ट्वाइलेट जाने ।

दिसा गर्दा जबरजस्ती वा बल नगर्ने ।

यी प्राकृतिक उपाय हुन् । यदि यी सबै विधी अपनाउँदा पनि कब्जियत भइरहेमा वा पायल्सको संभावना भएमा चिकित्सकको सल्लाह लिनु उपयुक्त हुन्छ ।

धेरै आराम पनि नगरौ

अक्सर महिलाहरु गर्भवती भएपछि आरम गर्छन्। गर्भको बच्चालाई केही होला कि भनेर शारीरिक रुपमा सक्रिय हुँदैनन्।

यद्यपी गर्भावस्थामा पनि शारीरिक सक्रियता जरुरी हुन्छ। यदि पेटमा बच्चाको स्थिती सही छ भने कब्जियतको समस्या हुँदैन। त्यसैले महिलाहरु स्थिर अवस्थामा रहनु हुँदैन। लामो समयसम्म उठिरहने, वा लामो समय बसिरहने नगरौं। यताउता हिँड्ने, बस्ने, उठ्ने गर्नुपर्छ।

More News last news
Loading...