निर्वाचन परिचालन समिति संयोजकबाट अलग भएको कमल थापाको घोषणा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले पार्टीको स्थानीय तह निर्वाचन परिचालन समितिको संयोजकको जिम्मेवारीबाट अलग भएको घोषणा गरेका छन्।

शनिबार थापाले सामाजिक सञ्जाल मार्फत राप्रपाको ‘स्थानीय तह निर्वाचन परिचालन समिति’को संयोजकको जिम्मेवारीबाट अलग हुने निर्णय गरेको जानकारी दिएका हुन्।

Advertisement

थापाले अध्यक्षद्वय पशुपति शमसेर राणा र डा. प्रकाशचन्द्र लोहनी मध्ये एकले सो जिम्मेवारी लिन वा पार्टीका अन्य कुनै बरिष्ठ नेतालाई संयोजक बनाउन समेत आग्रह गरेका छन् ।

पछिल्लो समय अध्यक्ष द्वय राणा र लोहनीको कार्यशैली प्रति असन्तुष्ट रहेका थापाले एक महिना नपुग्दै संयोजकबाट अगल भएका हुन् ।

अध्यक्ष थापाले लेखेका छन्, “अध्यक्ष थापाले लेखेका छन्, राप्रपाको ‘स्थानीय तह निर्वाचन परिचालन समिति’को संयोजकको जिम्मेवारीबाट अलग हुने निर्णय गरेको छु। अध्यक्षद्वय पशुपति शमसेर राणा र डा.प्रकाशचन्द्र लोहनी मध्य एकले सो जिम्मेवारी लिन वा पार्टीका अन्य कुनै बरिष्ठ नेतालाई संयोजक बनाउन आग्रह गरेको छु।”

More News last news
Loading...