जापानबाट थप २ लाख ८० हजार डोज अस्ट्राजेनेका खोप काठमाडौँ आइपुग्यो

काठमाडौँ । जापानबाट थप दुई लाख ८० हजार डोज अस्ट्राजेनेका खोप आइपुगेको छ। कोभ्याक्स सुविधा अन्तर्गत जापानले दिएको खोपको दुई लाख ८० हजार मात्रा आज नेपाल आइपुगेको स्वास्थ्य सेवा विभागका खोप शाखा प्रमुख डाक्टर झलक शर्मा गौतमले जानकारी दिए ।

१६ लाख डोजमध्ये आठ लाख बढी खोप यसअघि नै आइसकेको र अब बाँकी खोप पर्सि सोमवारसम्म आइपुग्नेछ ।

Advertisement

यस्तै अस्ति बुधवार र बिहीवार गरि चीनबाट १६ लाख डोज भेरोसेल खोप आइपुगेको उनले जानकारी दिए । नेपालले साइनोफार्म कम्पनीसँग खरिद गरेको ६० लाख डोजमध्ये पछिल्ला दुई दिनमा १६ लाख मात्रा खोप आइपुगेको हो।

काठमाडौँमा हिजोदेखि १८ वर्षमाथिका कक्षा ११ र १२ मा पढ्ने तथा विश्वविद्यालयका विद्यार्थीलाई परीक्षाको प्रवेशपत्र देखाएर भेरोसेल खोपको पहिलो डोज दिन थालिएको छ। यस्तै ४० वर्षमाथिका नागरिकलाई पनि खोपको पहिलो मात्रा दिइएको छ।

देशका अरु ठाउँमा पनि जिल्ला र पालिकाको समन्वयमा खोप अभियान चलिरहेको महाशाखाले जनाएको छ । अबको खोप प्रदेश–१ र २ मा कोभिसिल्डको पहिलो मात्रा लगाएका नागरिकलाई दिइनेछ। त्यस्तै बाँकी रहेमा प्राथमिकताका आधारमा दिने सरकारको तयारी छ।

कोरोना महामारी र सङ्क्रमण घटाउन खोप नै महत्त्वपूर्ण भएको डाक्टर गौतमका भनाइ छ। खोप ल्याउने र लगाउने, परीक्षणको दायरा बढाउने काम भइरहेको तथा स्वास्थ्यका मापदण्ड पालनामा सबैलाई जिम्मेवार बन्न पनि उनको सुझाव छ।

More News last news
Loading...