प्रचण्डको स्वास्थ्यमा समस्या, सबै भेटघाट र कार्यक्रम बन्द

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अस्वस्थ भएका छन्।

बिहीबार बेलुकादेखि अध्यक्ष प्रचण्डलाई असजिलो भएका कारण घरमै आराम गरेर बसेको उनको सचिवालयले जानकारी दिएको छ।

Advertisement

बिहीबार माओवादी केन्द्रका नेता बामदेव क्षेत्रीको पुस्तक विमोचनका क्रममा समेत अध्यक्ष प्रचण्डले आफूले अस्वस्थता महसुस गर्दागर्दै पनि कार्यक्रममा आएको बताएका थिए । शुक्रबार रुघा, खोकी, ज्वरो देखिएपछि परीक्षण गरिएको थियो।

कोरोना भाइरस सङ्क्रमणको समेत परीक्षण गरिएको तर कोरोना नेगेटिभ देखिएको सचिवालयले जनाएको छ। परीक्षण गरेका चिकित्सकले भाइरल ज्वरो आएको बताएकाले सामान्य औषधी खाएर घरमै आराम गरेर बसेका छन्।

अध्यक्ष प्रचण्डले अस्वस्थताकै कारण आज माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठसँग समेत भेटघाट गरेनन् । अहिलेका लागि सबै भेटघाट बन्द गरिएको उनको सचिवालयले बताएको छ।

More News last news
Loading...