काठमाडौँ । नेपाली कांग्रेसका युवा नेता गगन थापाले संसद छल्दै अध्यादेश ल्याउनु गलत भएको बताएका छन्।
सामाजिक सञ्जालमा फेसबुकमा आफ्नो धारणा राख्दैँ यो कदम हिजो, आज र सँधै गलत हुने बताएका छन् ।
थापाले फेसबुकमा लेखेका छन्, ‘संसद अधिवेशन हठात अन्य गरेर संसद छल्दै अध्यादेश ल्याउनु गलत ! हिजो गलत, आज गलत, सधैँ गलत, जसले गरेपनि गलत।’
उनले लेखेका छन्, ‘हिजो ओलीले ल्याउँदा गलत भन्ने, त्यसको विरुद्धमा उभिने कसैलाई पनि आज समर्थन गर्ने हक छैनरहुँदैन। समर्थन गर्ने भए त्यतिवेला विरोध गरेकोमा सार्वजनिक माफी माग्नुपर्छ।’
नेता थापाले भनेका छन्, ‘सँगैमा गत वर्ष वैशाखमा यसरी नै संसद छल्दै अध्यादेश जारी गर्ने ओली सरकार, समर्थन गर्ने मण्डली वा अध्यादेशमा ल्याप्चे लगाउने राष्ट्रपति कसैलाई पनि आज यो अध्यादेशको विरोध गर्ने हक छैनरहुँदैन। विरोध गर्ने भए त्यतिवेला गल्ती गरेका थियौँ भनेर पहिला सार्वजनिक माफी माग्नुपर्छ।’
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
