मस्करा लगाउँदा ध्यान दिनुहोस् यी कुरा, नत्र आँखामा पर्न सक्छ गम्भिर असर

काठमाडौँ । यस्ता महिला सायदै हुन्छन्, जसलाई मेकअपको आधारभूत ज्ञान हुँदैन। यस्ता महिला सायदै हुन्छन्, जो सौन्दर्य प्रशाधनबारे बेखबर हुन्छन्।

अधिकांश महिलालाई मेकअपबारे जानकारी हुन्छ, सौन्दर्य प्रसाधनबारे थाहा हुन्छ। तर, धेरैलाई थाहा हुँदैन, कस्तो सौन्दर्य प्रशाधन बढी उपयोगी र प्रभावकारी हुन्छ ? कसरी गरिने मेकअप दीगो र आकर्षक हुन्छ ?

Advertisement

जस्तो मस्कराको कुरा गरौंः

महिलाहरुले प्रयोग गर्ने विभिन्न मेकअप मध्य मस्कारा पनि एक हो। मस्काराले आँखालाई सही आकार दिएर ठूलो देखाउनुका साथै आँखालाई सुन्दरता कयौ गुणा बढाउँछ।

त्यसैले त, जतिबेला आँखालाई सुन्दर देखाउने कुरा हुन्छ, तब महिलाहरुले आँखाको मेकअपकालाई आई लाइनर, गाजलको साथमा मस्कारा लगाउन छुटाउँदैनन्। मस्कार भलै सामान्य लाग्न सक्छ। तर, यस्ता सामान्य कुराले पनि हाम्रो समग्र सौन्दर्यलाई प्रभावित बनाइरहेको हुन्छ। त्यसैले मस्कारा लगाउन पूर्ण मस्काराबारे यी कुराबारे जानिराख्न जरुरी छ।

मस्कारा खरिद गर्दा आफ्नो आवश्यकता अनुसार व्रशको चुनाव गर्नुपर्छ। किनकी मस्कारामा दुई तरीकाको ब्रश हुन्छ, एकले फूल भोल्यूम इफेक्ट अर्थात परेलालाई बाक्लो देखाउँछ भने अर्को हाई डेफिनिशन ल्यासेजले परेलालाई आकर्षक देखाउँछ।

मस्कारा खरिद गर्दा सुख्खा मस्कारा छ कि छैन भनेर ख्याल गर्न जरुरी छ। मस्कारा खरीद गर्दा ब्रशलाई भित्र-बाहिर गर्नु हुन्न। अन्यथा, ब्रशमा हावा भरिएर मस्कारा विग्रन सक्छ।

दैनिक प्रयोगका लागि वाटर प्रुफ मस्कारा खरीद गर्नु हुँदैन।परेला बाक्लो भएमा क्लियर वा ट्रान्सप्यारेन्ट मस्कारा लगाउनु पर्छ। किनकी परेला बाक्लो र्भमा त्यसलाई अझै बाक्लो बनाउनु पर्दैन । सेप मात्र दिए पुग्छ।

कन्ट्याक्ट लेन्सको प्रयोग गर्नेहरुले मस्कारा लगाउनु पूर्व नै लेन्सको प्रयोग गर्नु उचित हुन्छ। मस्कारा लगाउँदा जरादेखि लगाउनु पर्छ ताकी परेला लामो देखियोस्।

मस्कारा लगाउँदा दाँया बायाँ फैलिएमा सुखेपछि मात्र पुछ्नु पर्छ । अन्यथा मेकअप खराब हुन सक्छ। मस्कारा लगाउँदा जहिले वपन माथि फर्काएर मात्र लगाउनु पर्छ।

महिनौ अघिदेखि राखिएको मस्कारा जमेमा वा गाढा भएमा त्यसलाई पातलो बनाउन पानीको प्रयोग गर्नु हुँदैन। आँखामा कुनै किसिमको एलर्जी भएमा पनि मस्कारा लगाउनु हुँदैन।

आँखा सानो भएमा कालो आइलाइनर वा मस्कारा लगाउनु हुँदैन। अन्यथा, आँखा अझै सानो देखिन्छ। त्यसैले यस्ता आँखामा जहिले पनि व्लु सेडको मस्कारा प्रयोग गर्नु पर्दछ।

आँखामा डार्क सर्कल भएमा आँखाको तल्लो परेलामा मस्कारा लगाउनु हुँदैन। छालाको रङ्ग गोरो भएमा कालो मस्काराको सट्टा डार्क ब्राउन मस्कारा लगाउनु राम्रो हुन्छ।

More News last news
Loading...