काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर २ हजार २१२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। सोही अवधिमा ३३ जनाको मृत्यु भएको छ भने १८६७ जना संक्रमणमुक्त भएका छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार १०६ जनामा गरिएको परीक्षणमा २२१२ जनामा संक्रमण पुष्टि भएको हो।
यससँगै देशभर संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ३२ हजार २७२ र एन्टिजेन विधिबाट गरिएको ७५ हजार १३० जनामा संक्रमण पुष्टि भएको छ।
संक्रमितमध्ये हालसम्म ६ लाख ८२ हजार ६८२ जना संक्रमणमुक्त भएका छन् भने मृतकको कुल संख्या १० हजार २९२ पुगेको छ। हाल देशभर ३९ हजार २९८ सक्रिय संक्रमित रहेका छन्।
कुन जिल्लामा कति संक्रमित थपिए ?
स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौँमा ५२२, कास्कीमा २८७, ललितपुरमा १५४, मोरङमा १४१ र सुनसरीमा ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
यस्तै भक्तपुरमा ६३, झापामा ४९, पार्वतमा ४७, रुपन्देहीमा ४५, सुर्खेतमा ३८, स्याङजामा ३७, सिन्धुपाल्चोकमा ३३ जनामा कोरोना संक्रमण देखिएको छ।
बागलुङमा २३, म्याग्दीमा २०, काभ्रेपलाञ्चवकमा १९, पाल्पा र जुम्लामा १७/१७ जना, दाङमा १६, कालिकोटमा १३, कञ्चनपुरमा १२ र बाँकेमा ११ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
