देशभर आज थपिए २ हजार ६२४ संक्रमित, २० को ज्यान गयो

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा दुई हजार ६२४ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ५७३ नमुना परीक्षण गर्दा दुई हजार ६२४ जनामा संक्रमण पुष्टि भएको हो।

८ हजार ६६७ जनाको आरटी पीसीआर र ४ हजार ९०६ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। पीसीआरबाट एक हजार ९४७ र एन्टिजेनबाट ६७७ जनामा संक्रमण पुष्टि भएको हो।

Advertisement

सोही अवधिमा नेपालमा २० जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा मृत्यु हुनेको संख्या १० हजार २५९ पुगेको मन्त्रालयले जनाएको छ।

नेपालमा हालसम्म पीसीआरबाट ७ लाख ३० हजार ४७९ र एन्टिजेनबाट ७४ हजार ७११ जनामा कोरोना पुष्टि भएको छ। यस्तै, ६ लाख ८० हजार ८१५ जना कोरोना संक्रमणमुक्त भएका छन्।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ४०५ रहेको छ।

More News last news
Loading...