नेपालमा थप ३ हजार ९१५ जनामा कोरोना पुष्टि, २७ जनाको ज्यान गयो

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ९१५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। कूल १८ हजार ५८२ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २७६३ र एन्टिजेन विधिबाट ११५२ जनामा संक्रमण पुष्टि भएको हो।

हालसम्म नेपालमा पीसीआर विधिबाट ७ लाख २८ हजार ५३२ जना र एन्टिजेन विधिबाट ७४ हजार ३४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भइसकेको छ।

Advertisement

नयाँ संक्रमित थपिएसँगै देशभर सक्रिय संक्रमितको संख्या २८ हजार ७९८ पुगेको छ। जसमध्ये ३५ हजार ५१८ जना होम आइसोलेसनमा, ३ हजार २८० जना संस्थागत आइसोलेसनमा, ७३६ जना आईसीयू र १८६ जना भेन्टिलेटरमा रहेका छन्।

यही अवधिमा २ हजार ११८ जना निको भएका छन्। नेपालमा कूल संक्रमितमध्ये ६ लाख ७९ हजार ४९५ जना निको भइसकेका छन्।

नेपालमा निको हुने दर ९३।३ प्रतिशत रहेको छ। कोभिड-१९ को संक्रमणबाट २७ जनाको मृत्यु भएको छ। हालसम्म १० हजार २३९ जनाले ज्यान गुमाइसकेका छन्।

पछिल्लो २४ घण्टामा थप ३ लाख ६७ हजार ३४१ जनाले खोप लगाएका छन्।

More News last news
Loading...