काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार २६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १० हजार ८०६ जनाको पीसीआर परीक्षणमा २ हजार ४७३ र ४ हजार ६५६ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ७८७ जनामा कोरोना पुष्टि भएको छ।
जसमध्ये ३४ हजार ८३८जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार ३४२ जना संस्थागत आइसोलेसनमा रहेका छन्। कोरोनाका बिरामीमध्ये ७३७ जना आईसीयू र १८३ जना भेन्टिलेटरमा उपचाररत् छन्।
पछिल्लो २४ घण्टामा थप ३२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट २ हजार २९४ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ।
निको हुने दर ९३.३ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ। यसअघि हिजो (बुधबार) ३ हजार ४८१ जनामा कोरोना भाइरस संक्रमण देखिएको थियो।
यस्तै १० वर्ष मुनिका ७३ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १ सय ७६ जना कोरोना संक्रमित थपिएका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
