लुम्बिनी प्रदेशसभा १ बजे : मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल हुँदै

काठमाडौँ । लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आज दिउँसो १ बजे बस्दै छ । मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध दर्ता गराईएको अविश्वासको प्रस्ताव माथि छलफल गर्न अधिवेशन बोलाईएको हो।

अविश्वास प्रस्तावमाथि छलफल रोक्न माग गर्दै नेकपा (एमाले)का सांसदले दिएको रिटमाथि मंगलबार सर्वोच्च अदालतमा सुनुवाइ नभएपछि छलफल हुने भएको हो। अविश्वासको प्रस्ताव टेबुल भएपछि आज नै यसको छिनोफानो हुने प्रदेशसभा सचिवालयले जनाएको छ।

Advertisement

मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध विपक्षी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले साउन १९ गते तेस्रोपटक अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।

यसअघि मुख्यमन्त्री पोखरेल विरुद्ध विपक्षी गठबन्धनले वैशाख ६ र २६ गते अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । तर अविश्वासको प्रस्तावमाथि छलफल हुने दिननै मुख्यमन्त्री पदबाट पोखरेलले राजीनामा दिएर एमालेको एकल बहुमत दाबी गर्दै सोही दिन पुनः मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

त्यस्तै वैशाख २६ मा दोस्रोपटक अविश्वासको प्रस्ताव दर्ता भए पनि तत्कालीन प्रदेश प्रमुख धर्मनाथ यादवले विशेष अधिवेशन आह्वान गरेका थिएनन् ।

More News last news
Loading...