काठमाडौँ । गत २४ घण्टाभित्र काठमाडौं उपत्यकामा एक हजार १८६ कोरोना भाइरसका संक्रमित थपिएका छन्।
उपत्यकाका विभिन्न ल्याबहरुमा भएका पीसीआर तथा विभिन्न स्थानमा गरिएको एन्टिजेनबाट ती संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
थपिएका संक्रमितमध्ये काठमाडौंका सबैभन्दा बढी ७९५ जना रहेका छन्। यसैगरी ललितपुरमा २३९ र भक्तपुरमा १५२ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ।
एकै दिन २ हजार ११५ संक्रमितले कोरोनालाई जिते
गत २४ घण्टाभित्र नेपालमा थप दुई हजार ११५ जना संक्रमितले कोरोना भाइरसलाई जितेका छन्।
विभिन्न अस्पतालमा उपचाररत तथा होम आइसोलेसनमा रहेका ती संक्रमित संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
यससँगै नेपालमा कोरोना संक्रमित भई निको हुनेको संख्या छ लाख ७३ हजार १९८ पुगेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
