काठमाडौँ । नेपाली काँग्रेसको महाधिवेशन अनिश्चित भएपछि पार्टीका शिर्ष नेताहरुमै चरम असन्तुष्टि र आक्रोश देखिएको छ।बरिष्ठ नेता रामचन्द्र पौडेलले महाधिवेशन अनिश्चित हुनुमा सभापति शेरबदुर देउवा नै दोषी भएको आरोप लगाउनु भएको छ।
पौडेलले पटक पटक थप गरेको समयमा पनि महाधिवेशन हुने संभावना कमजोर हुदै जानुलाई वर्तमान नेतृत्वको चरम असफलता र लापर्वाहीको संज्ञा दिएका छन् ।
उनले असफल व्यक्तिहरु नै बारम्बार सत्तामा पुग्ने गरेकोभन्दै चरम असन्तुष्टि पनि जनाएका छन् ।
बरिष्ठ नेता पौडेलले सामाजिक सञ्जालमा लेखेका छन्, “यो देशकै विडम्वना हो । सर्वत्र असफल व्यक्तिहरु वारंवार सत्ता समाल्न पुग्छन् ।”
काँग्रेसको विधानले चार वर्षको कार्यकाल तोकेकोमा सामान्य अवस्थामा पनि असाधारण परिस्थिति भनेर एक वर्ष थपिएदेखि नै गल्ती भएको उहाँको आशय छ।
“सुरुमा एक बर्षथपिएको समयमा पनि महाधिवेशन हुन नसकेपछि संविधानलाई समातेर छ महिना बढाइयो, आज आएर त्यस भित्र पनि महाधिवेशन नगरेर नेपाली कांग्रेसलाई निर्वाचन आयोगसंग भिख माग्ने निरीह अवस्थामा पुर्याइएको छ,” बरिष्ठ नेता पौडेलले लेखेका छन् ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
