राष्ट्रियसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूचि

काठमडौं । राष्ट्रियसभाको बैठक आज बस्दैछ। दिउँसो १ बजे नयाँ बानेश्वरस्थित सांसद् भवनमा बस्ने बैठकमा विभिन्न प्रतिवेदन तथा विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधानको धारा ५३ बमोजिम तयार गरिएको आर्थिक वर्ष २०७६–०७७ को नेपाल सरकारको वार्षिक प्रतिवेदन सभा समक्ष पेश गर्ने संसद सचिवालयले जनाएको छ।

Advertisement

यस्तै, प्रधानमन्त्री देउवाका तर्फबाट ‘सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७’ र ‘लोक सेवा आयोग विधेयक, २०७५ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुँदैछ। बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसालले ‘विद्युत विधेयक, २०७७ प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ।

मंगलबारसम्म मन्त्रीपरिषद् विस्तार हुँदै

प्रधानमन्त्री शेरबहादुर देउवाले भोली वा पर्सी सम्ममा मन्त्रीपरिषद विस्तार गर्ने उनी निकट नेताहरुले दावी गरेका छन्। देउवा नेतृत्वको सरकार गठन भएको झण्डै चार हप्ता हुनैलाग्दासम्म मन्त्रीपरिषद् विस्तार नभएको भन्दै ओलोचना भइरहेका बेला उहाँले मन्त्रीपरिषद्लाई पूर्णता दिन लागेका हुन्।

सरकार गठनका लागि महत्वपूर्ण भूमिका खेलेका नेकपा एमालेको माधव नेपाल पक्षले सरकारमा सहभागी हुने वा नहुने वारेमा निर्णय गर्न नसकेकाले मन्त्रीपरिषद् विस्तारमा ढिलाइ भएको हो।

More News last news
Loading...