काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ९१० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ५९३ जना, भक्तपुरमा १२८ जना र ललितपुरमा १८९ जना कोरोना संक्रमित थपिएका हुन्।
यसअघि हिजो (शुक्रबार) उपत्यकामा ७०१ जना संक्रमित थपिएका थिए। यस्तै बिहीबार मात्रै १ हजार ७५ जनामा संक्रमण पुष्टि भएको थियो।
कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि जारी निषेधाज्ञा खुकुलो बनाउँदै लगिएसँगै उपत्यकामा संक्रमितको ग्राफ फेरि उकालो लाग्न थालेको छ। पछिल्लो साता उपत्यकामा दैनिक सात सयभन्दा बढी संक्रमित थपिँदै आएका छन्।
नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार २१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३५७३ जनामा गरिएको परीक्षणमा ३२१८ जनामा संक्रमण पुष्टि भएको हो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
