काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ३८३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोही अवधिमा २४ जनाको मृत्यु भएको जनाएको छ। यस्तै १९९४ जना संक्रमणमुक्त भएका छन्।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर परीक्षणमा ७ लाख २ हजार ९७ र एन्टिजेन परीक्षणमा ६३ हजार ७१८ पुगेको छ। जसमध्ये ६ लाख ६० हजार ११६ जना संक्रमणमुक्त भएका छन् भने ९ हजार ९२२ जनाको मृत्यु भएको छ।
हाल संक्रमण दर ९४ प्रतिशत रहेको छ अर्थात देशभर ३२ हजार ५९ जना सक्रिय संक्रमित रहेका छन्। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६ हजार ७१८ जनाको नमुना परीक्षण भएको थियो।
उपत्यकामा थपिए ९०४ संक्रमित, झापामा २२६ जना
पछिल्लो २४ घण्टामा थपिएका कोरोना संक्रमितमध्ये ९०४ जना काठमाडौँ उपत्यकाका हुन्। जसमा काठमाडौँका ६१३, ललितपुरका १७७ र भक्तपुरका ११४ जना संक्रमित छन्।
मन्त्रालयका अनुसार झापामा २२६, चितवनमा १६४, मोरङमा १३७, मकवानपुरमा १२५, सुनसरीमा १२१ र कास्कीमा १०३ जनामा कोरोना संक्रमण देखिएको छ।
यस्तै नवलपरासी पूर्वमा ७९, रुपन्देहीमा ६१, बागलुङमा ५४, काभ्रेमा ५३, दोलखामा ३४, धादिङ र दाङमा २४र२४, नुवाकोटमा २३ र पाल्पामा २२ जना संक्रमित थपिएका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
