देशभर थपिए ३ हजार बढी संक्रमित, २३ जनाको ज्यान गयो

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३ हजार १०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९,२६३ जनामा गरिएको पीसीआर परीक्षणमा २,२८० र ४,२५६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८२६ जना गरी ३,१०६ जनामा संक्रमण पुष्टि भएको हो।

Advertisement

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २३ जनाको मृत्यु भएको छ भने १९१६ जना संक्रमित निको भएर घर फर्किएका छन् ।

यसअघि शुक्रबार ३ हजार ६११ जनामा र बिहीबार ३ हजार ३६५ जनामा कोरोना संक्रमण देखिएको थियो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको पीसीआर र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा क्रमश २ हजार ४६७ र ४ हजार ८७८ र १ हजार १४४ जनामा संक्रमण पुष्टि भएको थियो।

सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट १ हजार ८१६ जना कोरोना संक्रमणमुक्त भएका थिए। शुक्रबार थप २७ जना कोरोना संक्रमितको मृत्यु भएको थियो।

More News last news
Loading...