कोरोनाको खोप लगाउनेलाई सरकारले ११,८७३ रुपैयाँ दिने

काठमाडौं । कोरोना खोप लगाउनेहरुलाई सरकारले झण्डै १२ हजार रुपैयाँ दिने भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोनाविरुद्धको खोप लगाउने व्यक्तिलाई १ सय डलर (११,८७३ रुपैयाँ) दिने घोषणा गरेका हुन् ।

राष्ट्रपति बाइडेनले राज्यहरुसँग यस्तो आह्वान गरेका छन् । संक्रमण बढिरहेको र खोप लगाउने दरमा कमी देखिएको बेला बिहीवार ह्वाइट हाउसबाट सम्बोधन गर्दै बाइडनले यस्तो आह्वान गरे ।

Advertisement

उक्त रकम राज्यहरूले अमेरिका रेस्क्यु प्लान अन्तर्गतको कोषबाट प्रयोग गर्न सक्ने बीबीसीले जानकारी दिएको छ। अमेरिकामा डेल्टा भेरियन्टको संक्रमण तीव्र रुपमा फैलिएको छ।

यसअघि अमेरिकी राष्ट्रपति बाइडेनका प्रमुख चिकित्सा सल्लाहकार डा. एन्थोनी फाउचीले अमेरिका गलत दिशामा हिंडिरहेको भन्दै स्थिति नियन्त्रणमा लिन खोप लगाएका अमेरिकीहरूमा पनि मास्क अनिवार्य गर्नेबारे विचार गरिरहेको बताएका थिए ।

यसैबीच बाइडनले संघीय सरकारका कर्मचारीका लागि पनि नयाँ कडा खोपसम्बन्धी निर्देशन पनि जारी गरेका छन्। बाइडनले जारी गरेको निर्देशन अनुसार अब कर्मचारीहरूले खोप लगाएको प्रमाण देखाउनु पर्नेछ।

More News last news
Loading...