नेपालमा थप ३ हजार ३६५ जनामा कोरोना पुष्टि, १६ को ज्यान गयो

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा देशभर ३ हजार ३६५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार २४२ जनाको नमुना परीक्षण गर्दा ३३६५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो। यस्तै सोही अवधिमा १६ जनाको मृत्यु भएको छ भने १३७३ जना संक्रमणमुक्त भएका छन्।

Advertisement

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ६ लाख ९० हजार ६४२ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ५९ हजार ३८० जना पुगेको छ।

यस्तै हालसम्म देशभर संक्रमितमध्ये ६ लाख ५० हजार ४४५ जना निको भएका छन् भने मृतकको कुल संख्या ९ हजार ८०७ पुगेको छ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३० हजार ३९० जना रहेका छन्। जसमध्ये २७ हजार ३५५ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार ३५ जना संस्थागत आइसोलेसनमा रहेका छन्।

कोरोनाका बिरामीमध्ये ६३६ जना आईसीयू र १६० जना भेन्टिलेटरमा उपचाररत् छन्।

More News last news
Loading...