काठमाडौँ । लकडाउन खुकुलो भएसँगै नेपालमा कोरोना संक्रमणको ग्राफ निरन्तर उकालो लाग्दै गएको छ।
केही दिनयताको तथ्यांक हेर्दा कोरोना संक्रमितबाट ज्यान गुमाउनेको संख्या पनि बढेको देखिएको छ।
पछिल्लो २४ घण्टामा देशभर ३ हजार ८४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। यसअघि मंगलबार देशभर ३८९९ जनामा संक्रमण पुष्टि भएको थियो भने २० जनाको ज्यान गएको थियो।
मन्त्रालयका अनुसार यो सँगै नेपालमा कूल संक्रमितको संख्या ७ लाख ४६ हजार ६५७ पुगेको छ भने ६ लाख ४९ हजार ७२ जना निको भएका छन्।
यस्तै पछिल्लो २४ घण्टामा १९९३ जना डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा ३३ जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा जम्मा १५ हजार ८०८ जनाको नमुना परीक्षण भएको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
