नेपालमा थप २ हजार २३७ जनामा कोरोना पुष्टि, १८ को ज्यान गयो

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर २ हजार २३७ जनामा कारोनाभाइरस संक्रमण पुष्टि भएको छ। यस्तै सोही अवधिमा १८ जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २०५० जना संक्रमणमुक्त भएका छन्।

Advertisement

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआरबाट ६ लाख ८० हजार ५५६ जनामा संक्रमण पुष्टि भएको छ भने एन्टिजेनबाट ५४ हजार २४३ जनामा संक्रमण पुष्टि भएको छ।

यस्तै हालसम्म ६ लाख ४३ हजार ६१५ जना संक्रमणमुक्त भएका छन् भने कुल मृतकको संख्या ९ हजार ७१३ पुगेको छ।पछिल्लो २४ घण्टामा १३ हजार ८३४ जनामा कोरोना परीक्षण भएको थियो।

मन्त्रालयका अनुसार प्रदेश १ मा ३९४, प्रदेश २ मा ६६ तथा बागमती प्रदेशमा ६९५ जना संक्रमित थपिएका छन्। यस्तै गण्डकीमा २३२, लुम्बिनीमा १०७, कर्णालीमा २६ र सुदूरपश्चिम प्रदेशमा १९ जना कोरोना भाइरसको संक्रमण देखिएको छ।

More News last news
Loading...