काठमाडौँ । हाम्रो शरीर भित्र अनेकौं किसिमका ग्रन्थीहरु छन् जस मध्य एक थाइरोइड ग्रन्थी रहेको छ। थाइरोइड ग्रन्थी हाम्रो गर्धनको मुनि पट्टीको विच भाग अर्थात घाँटीको अगाडीको विच भागमा एक पुतली आकारमा रहेको एक सानो ग्रन्थी हो।
यसले शरीरमा हर्मोन रिलिज गरी हाम्रो शरीरको मुख्य कार्यलाई नियन्त्रण गर्दछ। Metabolism कार्य, मुटुको धड्कन, शरीरको तापक्रम जस्ता विभिन्न कार्यलाई नियन्त्रण गर्ने कार्य थाइरोइड हर्मोन को कार्य अन्तर्गत पर्दछ।
हाम्रो घाँटीमा रहेको थाइरोइड ग्रन्थी हाम्रो शरीरको मुख्य सिस्टम चलाउन को लागि नभई नहुने एक ग्रन्थी हो। थाइरोइड ग्रन्थीले मुख्य दुई T3 र T4 हर्मोन रिलिज गर्दछ जसलाई Triiodothyronine भनिन्छ।
थाइरोइड समस्याको प्रकारहरु
थाइरोइडको समस्या मुख्य २ प्रकारको हुन्छ। थाइरोइड मार्फत हर्मोनको उत्पादनमा बढी वा कमि हुँदा देखिने समस्या अन्तर्गत पर्दछ। यदि थाइरोइड ग्रन्थी मार्फत हर्मोन बढी उत्पादन भए त्यसलाई हाइपर-थाइरोडिजम्भनिन्छ भने कमि भए हाइपो-थाइरोडिजम भनिन्छ।
Hypothyroidism (हाइपो-थाइरोडिजम्)
Hyperthyroidism (हाइपर-थाइरोडिजम्)
हाइपो-थाइरोडिजम्
हाइपो-थाइरोडिजम् भन्नाले थाइरोइड ग्रन्थी मार्फत हर्मोनको उत्पादनमा कमि हुनु भन्ने बुझिन्छ। थाइरोइड ग्रन्थीले प्रयाप्त मात्रामा त्घ र त्द्ध हर्मोन रिलिज गरेर शरीरको मेटाबोलिजम कार्यलाई शक्रिय पार्नु पर्दछ। शरीरको तापक्रमलाई नियन्त्रण गर्नु पर्दछ साथै मुटुको धड्कनलाई नियन्त्रण गर्नु पर्दछ।
मेटाबोलिजम भनेको हामीले खाएको खानालाई इनर्जीमा परिवर्तन गर्ने कार्य हो। तर यदि थाइरोइड ग्रन्थीले प्रयाप्त हर्मोन रिलिज गर्न सकेन भने शरीरको अटोमेटिक कार्यहरु ढिलो हुन जान्छ यस्तो हुँदा मेटाबोलिजम कार्य कमजोर हुन पुग्छ।
मेटाबोलिजम कमजोर भए पछी शरीरले प्रयाप्त इनर्जी प्राप्त गर्न सक्दैन, शरीरको कार्यक्षमता कमजोर हुन्छ र शरीरमा अनेकौं किसिमका समस्याहरु उत्पन्न हुने गर्छ। थाइरोइड ग्रन्थी ले प्रयाप्त मात्रामा हर्मोन रिलिज गर्न नसकेर उत्पन्न भएको यस्ता समस्यालाई (हाइपो-थाइरोडिजम्) भएको भनिन्छ।
हाइपो-थाइरोडिजम्को लक्षणहरु
हाइपो-थाइरोडिजमको लक्षणहरु तत्कालै उत्पन्न हुने किसिमका लक्षणहरु हुँदैन्। हाइपो-थाइरोडिजम हुँदा विस्तारै-विस्तारै विभिन्न किसिमका लक्षणहरु देखिन्छन् जुन लक्षणहरु विरामीले तत्कालै ठम्याउन सक्दैन र मेडिकल गएर उपचार गराउनु पर्ने स्थिति सृजना भएको जस्तो देखिंदैन।
यहि कारणले मेडिकलमा हाइपो-थाइरोडिजम भएर उपचार गराउन निकै कम मानिसहरु आउने गर्छन तर चेक जांच गर्दै जाँदा डाक्टरले हाइपो-थाइरोडिजम भएको प्रमाणित गर्दछन र यसको उपचार गराउने गर्दछन।
हाइपो-थाइरोडिजमको लक्षणहरु
तौल बढ्नु
कब्जियत हुनु
थकान हुनु
जाडो लाग्नु
जोर्नी दुख्नु, जोर्नी कमजोर हुनु
छाला सुख्खा हुनु
मांसपेशी फुर्फुराउनु
मांसपेशी बटारिनु
हात तथा पिडुला बटारिनु
कमजोर हुनु
डिप्रेसन हुनु
एन्जाइटि हुनु
कपाल झर्नु
कपाल फुल्नु
नङ उक्किनु
नङ खुँडे हुनु
यौन क्षमता घट्नु
महिलामा मासिक धर्म समयमा नहुनु
मासिक धर्म हुँदा अत्याधिक रगत बग्नु
समरण क्षमता हराउंदै जानु
बच्चाहरु उमेर अनुसार नबढ्न
आवाजमा परिवर्तन हुनु
अनुहारमा समस्या हुनु
मुख बांगो हुनु
मुटुको धड्कन ढिलो हुनु
रगतमा रातो रक्त कोष कम हुनु
हातका औलाहरु दुख्नु, जोर्नी दुख्नु,
आँखी भौं झर्नु, पातलो हुनु
हाइपर-थाइरोडिजम्
हाइपर थाइरोडिजम भन्नाले थाइरोइड ग्रन्थीले आवश्यकता भन्दा बढी थाइरोइड हर्मोन (T3 , T4) उत्पादन गर्नु भन्ने बुझिन्छ। जब थाइरोइड ग्रन्थीले आवश्यकता भन्दा बढी अर्थात अत्यधिक मात्रामा थाइरोइड हर्मोन रिलिज गर्दछ तब शरीरको अटोमेटिक कार्य क्षमतामा सामान्य अवश्था भन्दा छिटो हुँदछ। र शरीरको कार्यक्षमता सामान्य भन्दा छिटो वा बढी हुन गए विभिन्न किसिमका समस्याहरु उत्पन्न हुने गर्छ।
जसलाई हाइपर थाइरोडिजम को समस्या भएको भनेर चिनिने गरिन्छ। हाइपर थाइरोडिजम को समस्या पुरुषहरुमा भन्दा १० गुणा बढी महिलाहरुमा हुने गर्छ। विशेष गरी २० वर्ष देखि ४० वर्षको विचमा यो समस्या आम महिलाहरुमा देखिने गरेको पाइन्छ। हाइपर थाइरोडिजमको समस्या नै प्राय थाइरोइड को समस्यामा हुने धेरैको मुख्य समस्या रहेको हुन्छ।
हाइपर-थाइरोडिजम्को लक्षणहरु
एन्जाइटी हुनु
निन्द्रा नलाग्नु
थकान बढ्नु
थोरै गर्मि पनि खप्न नसक्नु
मांसपेशी कमजोर हुनु
झाडापखाला लाग्नु
अत्यधिक पिसाव लाग्नु
धेरै प्यास (तिर्खा) लग्नु
शरीर चिलाउनु
थाइरोइड ग्रन्थी सुन्निनु (घाँटी सुन्निनु)
मुटुको धड्कन बढ्नु
बढी पसिना आउनु
हत्केला रातो हुनु
तिग्रा रातो हुनु
कपाल झर्नु
भोक बढी लाग्नु
तौल घट्नु
आँखा मा समस्या आउनु जस्तै आँखा रातो हुनु, सुख्खा हुनु, वा आँखाको क्षमता कमजोर हुनु
पटक पटक मुड परिवर्तन हुनु ९एकै छिनमा खुशी हुनु, एकै छिनमा दुखि हुनु, एकै छिनमा रिसाउनु आदि
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
