हात खुट्टा झमझमाउने र निदाउने समस्या छ ? उसोभए शरीरमा हुनसक्छ यस्तो खराबी

काठमाडौँ । के तपाईलाई हात खुट्टा तातेको, निदाएको, झमझमाएको महसुस भएको छ ?  शरीर को अंगहरु झमझमाउने, निदाउने, पोल्ने, कारणहरु बिभिन्न छन्। जसमा के हि प्रतिशत अन्य रोगको कारणले पनि हात, खुट्टा र शरीर झमझमाउँछ। हात, खुट्टा, शरीर निदाउनु, पोल्नु, झमझमाउनु को बारेमा बुझौं।

तपाइले हात वा खुट्टा निदाएको वा झमझम गरेको महसुस पक्कै गर्नु भएको छ होला । कुनै ठाउमा धेरै लामो समय सम्म एकै पोजिसन मा बसी रहदा यस्तो महसुस हुने गर्दछ।

Advertisement

यसरी झमझम गर्नु वा शरीर को अंगहरु निदाउनु को कारण हो हाम्रो शरीर को रक्त संचार सहि तरिका ले नहुनु यानिकी जब हामी कुनै ठाउमा लामो समय एकै पोजिसनले बसेको हुन्छौँ । उक्त समय शरीको कुनै पनि अंग थिचिएको हुन सक्छ र उक्त भाग मा रगत संचालन कम हुन्छ वा रगत संचालन मा रोकिन्छ यस्तो हुदा उक्त अंग निदाएको वा झमझम गर्ने हुन्छ।

यदि हामीले पलेटी कसेर लामो समय सम्म बस्यौं भने खुट्टा मा रगत संचालन कम हुन् जान्छ जसको कारण खुट्टा निदाउने वा झमझम गर्ने हुन्छ भने सुत्दा एक पट्टि फर्किएर सुतियो भने एक हात थिचिन सक्छ र यसरी हात थिचियो भने हात निदाउने वा झमझम गर्ने हुन्छ।

त्यसैले कुनै पनि ठाउमा बसेको बेला हात खुट्टा निदाए वा झमझम गरे उक्त बसेको पोजिसन परिवर्तन गर्ने वा एकछिन उभिने वा हिड्ने गर्नु पर्दछ यसो गर्दा रगत संचालन पुन सजिलै हुन्छ र झमझम गर्ने समस्या हट्ने छ।

तर यदि दैनिक सजिल्यै बसेको बेला पनि हात खुट्टा निदाउछ भने हामीले यो पनि बुझ्न जरुरी छ कि शरीर मा रगत को संचाल्न मात्र नभई अन्य कुनै रोग को कारण पनि यस्तो भैरहेको छ यो बेला तुरन्त डाक्टर कहा चेक गर्न जानु पर्दछ।

यदि स्पाइनल कर्ड मा पानी जमेको छ, मेरुदण्डमा ट्युमर भएको छ, मधुमेह रोग छ, भिटामिन सी को कमि छ, सोडियम, क्याल्सियम, पानीमा आर्सेनिक कमि छ, भिटामिन डी को कमि छ आदि विभिन्न कारण ले पनि हातखुट्टा झमझमाउने, निदाउने, पोल्ने गर्दछ। त्यसैले यदि दैनिक हातखुट्टा झमझमाउछ भने डाक्टर संग भेटि उचित सल्लाह लिनु अति नै जरुरी हुन्छ।

यदी स्वस्थ्य मानिसमा यस्तो समस्या निरन्तर भइरहे डाक्टर कहाँ गएर परामर्स गर्नु पर्दछ। किनकि साधारण कारण मात्र नभई अन्य कारण बाट पनि हात खुट्टा निदाउने वा झमझम गर्ने हुन्छ। उमेर अनुसार हेर्ने हो भने ४० वर्ष कटे पछि यो समस्या धेरैजसोमा हुने गर्दछ।

हड्डी खिइने समस्या बड्न सुरुवात हुन्छ। रक्तनलीहरूमा समस्या भएपछी, ब्लड प्रेसर हाइ भएपछि, भिटामिन बि १२ र क्यालसियम को कमी को कारण ले गर्दा पनि हातखुट्टा निदाउने वा झमझम गर्ने हुन्छ।

उमेर जति बढ्दै गयो त्यती नै हामिलाई विभिन्न रोगले च्याप्दै जाने गर्छ। तर पनी हात खुट्टा निदाउने समस्या यदि निरन्तर भइरहे डाक्टर सँग परामर्स गरेर डाक्टरले के-को कारण ले हात खुट्टा निदाइरहेको छ भन्ने बारेमा जानकारी दिने छन्।

हड्डी खिएर हो वा नसा च्यापिएर हो, भिटामिन को कमीको कारण ले हो की, ब्लडको नसा बन्द भएर हो की केहो भन्ने बिषयमा डाक्टरले चेकजाँच गरे मात्रै थाहा हुने गर्छ। हाम्रो ढाड को मेरुदण्डमा पानी जमेको कारण ले पनि यस्तो हुने गर्दछ।

त्यसैले यदि कहिले काँही मात्रै हो भने सामान्य पनि मानिन्छ तर निरन्तर भै रहयो भने जटिल अवस्था पनि हुन सक्छ। पुरुषमा भन्दा महिलामा‌ हात खुट्टा निदाउने समस्या बढी हुने गर्दछ।

निरन्तर हात खुट्टा निदाइरहन्छ भने मनतातो तेल ले मालिस गर्नुपर्दछ। मन तातो तेल लगाएर मालिस गरे शरीरमा रगत संचालन राम्ररी हुने गर्छ र शरीरको अङगहरुपनि राम्रो सँग चल्ने गर्छन।

त्यसै गरी मन तातो पानीले धोएर मालिस गर्नुपर्दछ। मन तातोपानीमा खुट्टा डुबाएर करिब १५ मिनेट सम्म दैनिक राख्नु पर्दछ। दैनिक शारीरिक कसरत गर्नुपर्दछ।

यसो गर्दा रक्त नलिहरु मा रगत को प्रवाह बढ्दछ र रक्त नलीहरु च्यापिन पाउदैनन। यति गर्दा हात खुट्टा निदाउने समस्याहरु हटेर जान्छन्। विशेष गरि दुबै खुट्टा र दुबै हात निदाउने समस्या छ भने भिटामिन बि १२ को कमिको कारण पनि हुने गर्दछ।

त्यस्ता मानिसहरुले भिटामिन बि-१२ भएका खाना खान सुरु गरिहाल्नु पर्ने हुन्छ । खानामा भिटामिन बि-१२ र क्याल्सियम हुने किसिमका खानाहरु खानुपर्दछ।

More News last news
Loading...