काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ४४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ७ हजार ८३३ जनाको पीसीआर परीक्षणबाट १ हजार ६४२ र ३ हजार ८३१ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८०३ जना गरी जम्मा २ हजार ४४५ जनामा संक्रमण पुष्टि भएको हो।
सोही अवधिमा देशभरका विभिन्न अस्पतालबाट थप १ हजार २५८ जना कोरोना संक्रमित निको भएर विभिन्न अस्पतालबाट डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।
थप ३२ कोरोना संक्रमितको मृत्यु
नेपालमा फेरि कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा ३२ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मृत्यु भएका र २४ घण्टामा विवरण प्राप्त भएकाहरु गरी जम्मा ३२ जना कोरोना संक्रमितको मृत्यु भएको हो।
मन्त्रालयका अनुसार सीसीएमसी, नेपाली सेनाद्वारा कोभिड १९ को शव व्यवस्थापन तथ्यांकको आधारसहित सो संख्यामा मृतक थपिएका हुन्। योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ९ हजार ५८२ पुगेको मन्त्रालयले जानकारी दिएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
