नेपालमा थप १ हजार ८७५ जनामा कोरोना पुष्टि, २१ को ज्यान गयो

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर १८ सय बढीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। सोही अवधिमा २१ सय बढी संक्रमणमुक्त भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १० हजार ६६ जनामा परीक्षण गर्दा १८७५ जनामा संक्रमण पुष्टि र सोही अवधिमा २१६४ जना संक्रमण मुक्त भएका हुन्।

Advertisement

यस्तै देशभर कोरोनाबाट थप २१ जनाले ज्यान गुमाएका छन्। यससँगै देशभर कोरोनाबाट हालसम्म मृत्यु हुनेको कुल संख्या ९ हजार ५२७ पुगेको छ।

हालसम्म कोरोना संक्रमितको कुल संख्या ७ लाख नाघेको छ। पीसीआर विधिबाट भएको परीक्षणमा हालसम्म ६ लाख ६५ हजार ८८६ जनामा संक्रमण पुष्टि भएको छ भने एन्टिजेन विधिबाट ४८ हजार ३६२ जनामा संक्रमण पुष्टि भएको छ।

यस्तै हालसम्म संक्रमितमध्ये ६ लाख ३० हजार ४०७ जना निको भएका छन्।

More News last news
Loading...