दुवै सदनको अधिवेशन साउन ३ गते चार बजेका लागि आह्वान

काठमाडौँ । प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन आउँदो साउन ३ गतेका लागि आह्वान भएको छ। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले साउन तीन गते दिउँसो ४ बजेका लागि दुवै सदनको अधिवेशन आह्वान गरेकी हुन् ।

यसअघि आज बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधि सभा र राष्ट्रिय सभा अधिवेशन साउन ३ गतेका लागि बोलाउन राष्ट्रपति भण्डारीसमक्ष सिफारिस गरेको थियो।

Advertisement

गएको सोमवार सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन बदर गर्दै संसद अधिवेशन साउन ३ गते बेलुकी ५ बजेभित्र बोलाउन आदेश दिएको थियो।

यस्तै, सरकारले महान्यायाधिवक्तामा खम्मबहादुर खाती नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवक्ता खातीलाई महान्यायाधिवक्ता नियुक्त गरेका हुन् ।

उनी नेपाल बार एसोसिएशनका पूर्व महासचिव समेत हुन् । महान्यायाधिवक्तालाई सरकारको कानुनी सल्लाहकार मानिन्छ।

अस्ति मङ्गलवार तत्कालीन महान्यायाधिवक्ता रमेश बडालले पदबाट राजीनामा दिएपछि यस पदमा खाती नियुक्त भएका हुन्।

More News last news
Loading...