बिरामी भएका बेला झुक्किएर पनि नखानुहोस् यी ८ चिज, नत्र पछुताउनु पर्ला

काठमाडौँ । विरामी भएको बेला प्रायः खानाप्रति अरुचि हुन्छ । विरामी भएको बेला खानेकुरामा ध्यान दिन सकेन भने उल्टै रोग बल्झने खतरा समेत रहन्छ।

कस्तो रोग लाग्दा कुन प्रकारका खानेकुरा खानुपर्छ यसको बारेमा जानकारी राख्नु जरुरी हुन्छ। यी ८ प्रकारका खाजा विरामी भएका अवस्थामा विर्सेर पनि खानु हुँदैन।

Advertisement

कफी: पेटमा जुका लागेको बेला कफी खानु हुँदैन। कफीमा रहेको काफीन तत्वका कारण लगातार पिशाव फेर्नु पर्ने समस्या हुनसक्छ र यसले शरीरमा पानीको मात्रा घटाउँछ।

चिकित्सकका अनुसार पखाला र बान्ता भएका बेला कफी खान हुँदैन। काफीनका कारण शरीरमा तरलपर्दाथ कम हुनजान्छ र यसले पाचन प्रक्रियामा समेत प्रभावित पार्छ।

सुन्तालाको जुस : विरामी भएको बेला प्रायः फलफूलको जुसको रुपमा सुन्तलाको जुस खुवाउने चलन छ । तर खोकी र घाँटी दुखेको अवस्थामा सुन्तलाको जुस खानुहुँदैन ।

सुन्तलाको जुसमा धेरै मात्रामा एसिडिडी हुने गर्छ । खोकी चलिरहेको बेला सुन्तला जुसले घाँटीमा असर गर्नसक्छ । जुसमा साइट्रिक एसिड हुने कारण पनि घाँटीभित्र सुनिने खतरा हुन्छ।

गुलियो पदार्थ : पेट दुखेको बेला गुलियो पदार्थ खान हुँदैन। गुलियो पदार्थले रगतमा रहेको सेतो रक्तकोष कम गर्ने गर्छ जुन रोगसँग लड्ने क्षमता बढाउँछ।

खाजा खाँदा कुकिज, क्यान्डी र गुलियो पदार्थहरु धेरै खाँदा यसले रोग प्रतिरोधात्मक क्षमता घटाउँछ। यसकारण रोग बल्झने खतरा हुन्छ।

कडा खाना : खोकी र घाँटी दुखेको बेला कडा खाले खाना खानु हुँदैन। टाँसेर बनाउने चीज जस्तै आलु चिप्सहरु खानु हुँदैन । यो एक प्रकारको खस्रो पेपर जस्तो हुन्छ जसले घाँटीमा नराम्रो असर गर्छ।

रक्सी : जुका लागेको वा कुनै प्रकारको विरामी अवस्थामा अल्होलिक पदार्थ खानु हानिकारक हुन्छ। अल्कोहलले पनि शरीर निर्जल बनाउँछ। यसले खाना पचाउन मद्दत गर्छ । यसले तरल दिसा र पखालाको समस्या हुन्छ।

पेटमा जुका परेका बेला गुलियो चीजले जुका बढ्न झन् मद्दत गर्छ जसका कारण दिसा पातलो हुने र पखालाको लाग्ने हुनसक्छ।

पिरो खाना : रुघा लागेको बेला पिरो खानेकुरा खानु हुँदैन। यसले नाकभित्र पोल्ने खतरा रहन्छ । यदि नाकबाट सिंगान बगिरहने समस्या छ भने पिरो खानेकुरा नखानु नै राम्रो हुन्छ।

सोडा : पेटमा जुका र विरामी भएको अवस्थामा सोडा पानी खान हुँदैन । कफीले जस्तै सोडाले पनि शरीर सुख्खा बनाउँछ।

More News last news
Loading...