पुराना भन्दा पुराना दाग-धब्बा हटाउन यसरी गर्नुहोस् महको प्रयोग

काठमाडौँ । धेरै जसो समय अनुहारमा चमक हुँदा हुँदै पनि दागधब्बाको कारण हाम्रो अनुहारको प्राकृतिक सौन्दर्य छोटो समयमा फिक्का देखिन्छ।

हामी यस्ता जिद्दी दाग-धब्बाबाट छुटकारा पाउनको लागि थुप्रै उपाय गर्ने गर्छौं तर पनि यसबाट मुक्ति पुन असमर्थ रहन्छौं।

Advertisement

यस्तोमा आज हामी तपाईंलाई यो समस्याबाट छुटकारा पाउनको लागि उत्तम समाधान बताउनेछौं जसको प्रयोगले केही दिनमै अनुहारका दाग-धब्बा हराएर जान्छ।

यो उपाय हो मह। वास्तवमा, मह केवल स्वास्थ्यको लागि मात्र होइन तर सौन्दर्यका लागि पनि प्रयोग गरिन्छ। त्यसोभए आउनुहोस् महका केही अतुलनीय गुणहरूका बारे जानौं:

महमा पाइने गुणहरु

महमा कार्बोहाइड्रेट, प्रोटीन, भिटामिन ए, बी, सी, आइरन, म्यग्नेशियम, क्याल्सियम, फास्फोरस, पोटेशियम, सोडियम आदि प्रशस्त मात्रा पाइन्छ।

मह कार्बोहाइड्रेटको एक प्राकृतिक स्रोत हो। यसै कारणले पनि महको सेवनले शरीरलाई शक्ति, जोश र उर्जा प्रदान गर्नुका साथै शरीरलाई रोगहरू विरूद्ध लड्ने क्षमाता बढाउँछ।

दाग-धब्बा हटाउनको लागि

१) जलेको दागमा मह प्रयोग गर्न सकिन्छ किनभने महमा एन्टीसेप्टिक र हिलिंग गुणहरू हुन्छन्। जलेर छालामा बसेको दागमा दैनिक रूपमा मह प्रयोग गर्दा उक्त दाग छिटै हराएर जान्छ।

२) क्रीम, चन्दन र चनाको पीठोमा मह मिलाएर यसलाई फेस प्याकको रूपमा प्रयोग गर्नुहुन्छ। यसले तपाईंको अनुहारको दाग-धब्बा हटाउँछ र छाला नरम तथा मुलायम पनि बनाउँछ।

३) यदि तपाईको अनुहारमा डण्डीफोरको दाग छ वा काला दाग-धब्बा छ भने महको प्रयोग गरेर छालाको समस्याबाट छुटकारा पाउन सकिन्छ।

More News last news
Loading...