यो हो गर्भवती महिलाको सुत्ने सही पोजिसन, कतै तपाई गलत तरिकाले त सुत्नुभएको छैन ?

काठमाडौँ । प्रत्येक मानिसका लागि निद्रा अनिवार्य कुरा हो, यसका लागि सहि तरिकाले सुत्न आवश्यक हुन्छ। गर्भवती महिलालाई अन्य सामान्य मानिसलाई भन्दा बढी नै निद्राको जरुरत पर्छ।

निन्द्राको साथमा खानपान, व्यायम आदीबारे जानकारी राख्न आवश्यक हुन्छ र पेटमा रहेको बच्चालाई पनि सहज हुने गरि व्यवहारहरु गर्नु पर्ने हुन्छ।

Advertisement

यसका लागि सुत्ने सहि तरिकाको बारेमा जान्न आवश्यक हुन्छ। गर्भवती अवस्थामा कसरी सुत्ने, कस्तो खाने कुरा खाने भन्ने बारेमा हामी तपाईंलाई जानकारी दिनेछौं।

देब्रेतर्फ कोल्टे फर्केर सुत्दा प्लासेन्टामा रगतको प्रवाह सहज हुन्छ। गोडा र घुँडालाई बंग्याउनुस् र गोडाको बीचमा एउटा सिरानी राख्नुस्। ढाडमा पल्टेर नसुत्नुस्। उत्तानो परेर सुत्दा श्वासप्रश्वास, पाचन, कम रक्तचाप र ढाड दुख्ने समस्या आउँछ।

यो पोजिसनमा सुत्दाखेरी तपाईंको बच्चाको पूरै तौल तपाईंको आन्द्रा र प्रमुख रक्तनलीमा पर्छ । यसले गर्दा घुर्न पनि सकिन्छ। त्यसैले पटक्कै उत्तानो नसुत्नुस्।

राति सुत्नुअघि केही पनि खाने पिउने नगर्नुस् । कफी जस्ता कुरा त पटक्कै नपिउनुस् । सधैं एउटै समयमा सुत्ने र उठ्ने गर्नुस्। यसले गर्दा राम्रो निद्रा पाउनुहुन्छ भने बच्चाको स्वास्थ पनि राम्रो हुन्छ।

More News last news
Loading...