नेपालमा थप २ हजार ३२८ जनामा कोरोना पुष्टि, १९ को ज्यान गयो

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप दुई हजार ३२८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। देशभरका प्रयोगशालाहरुमा गरिएको परीक्षणबाट ती संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

मन्त्रालयका अनुसार कूल १० हजार १३३ जनाको नमूना परीक्षण गर्दा दुई हजार ३२८ जनामा कोरोना पोजिटिभ देखिएको हो।जसमध्ये पीसीआर विधिबाट गरिएको परीक्षणबाट एक हजार ५२७ र एन्टिजेन विधिबाट ८०१ संक्रमित पहिचान भएका थिए।

Advertisement

उक्त अवधिमा कूल पाँच हजार ८३७ पीसीआर र चार हजार २९६ एन्टिजेन विधिमार्फत् परीक्षण गरिएको थियो। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या छ लाख ८१ हजार १३६ पुगेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १९ जनाको ज्यान गएको छ। यो सँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ हजार १९८ पुगेको छ ।

यस्तै सोही अवधिमा ३०६६ जना संक्रमण मुक्त भएको मन्त्रालयले शनिबार जानकारी दिएको छ । यो सँगै नेपालमा कोरोना निको हुनेको संख्या ६ लाख ६६ हजार ६६६ पुगेको छ।

More News last news
Loading...