काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ७६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार १३० जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ८५७ र ३ हजार ८५५ जनामा गरिएको एन्टिजेन परीक्षणमा ९०३ जना गरी २ हजार ७३० जनामा संक्रमण पुष्टि भएको हो।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लख ४० हजार ६६२ पुगेको छ। सक्रिय संक्रमितको संख्या ३१ हजार ३६८ जना रहेको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप ४ हजार १७ जना कोरोना संक्रमणमुक्त भएका छन्। यससँगै अहिलेसम्म ६ लाख १ सय ४९ जना कोरोना संक्रमण मुक्त भएका छन्।
मन्त्रालयका अनुसार कोरोना संक्रमण निको हुने दर ९३.७ प्रतिशत रहेको छ। त्यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा थप ३३ जनाको ज्यान गएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
