अनुहारमा स-साना प्वालहरु देखिए ? यो समस्याबाट मुक्त पाउन यो उपाय फलो गर्नुहोस्

काठमाडौँ । हरेक व्यक्तिको अनुहारमा प्वालहरु (रोम छिद्र) हुन्छन्। ती प्वालको मद्दतले छालाले सास फेर्छ। साथै, ती प्वालहरुबाट चिल्लो पदार्थ निस्किन्छ, जसले हाम्रो छालालाई चिल्लो बनाइराख्छ। अनुहारको छालामा साना साना प्वाल हुनु स्वाभाविक हो।

तर धेरै जसो व्यक्तिको छालामा ती प्वालको आकार बढ्दै जान्छ। त्यसले अनुहारलाई फोहोर र नराम्रो देखाउंछ। ती प्वालहरुलाई कम गर्नको लागि बजारका प्रसोधित सामग्री भन्दा घरेलु उपचार प्रभावकारी र दीर्घकालीन हुन्छ।

Advertisement

अनुहारका ठूला रोम छिद्रलाई कम गर्नको लागि घरमै फेसप्याक तयार गर्न सकिन्छ। यसको लागि केराको बोक्रा, दही, टमाटरको रस, निमको पात, मुलतानी माटो, कागती आवश्यक हुन्छ।

रोम छिद्रको लागि अमिलो कुराले छिटो हटाउन सकिने हुनाले अमिलो पदार्थ बढी प्रयोग गरिएको हो । यी पदार्थ संग अण्डाको सेतो भाग पनि प्रयोग गर्न सकिन्छ।

मुलतानी माटो उपलब्ध नभएको खण्डमा बेसन पनि प्रयोग गर्न सकिन्छ। तर रोमछिद्र हटाउनको लागि बेसनको तुलनामा मुलतानी माटोले छिटो र प्रभावकारी ढंगले काम गर्छ।

यी पदार्थको पेस्ट बनाउनको लागि सुरुमा केराको बोक्रालाई मिक्सरमा मिक्स गर्नुपर्छ । त्यसपछि केराको बोक्राको पेस्टमा दही, टमाटरको रस, निमको पात, कागती राखेर फेरी मिक्स गर्नुपर्छ।

त्यो मिक्सलाई एउटा भाँडोमा खन्याएर त्यसमा मुलतानी माटो थप्नुपर्छ र त्यसलाई राम्रोसंग मिक्स गरेपछि पेस्ट तयार हुन्छ। उक्त पेस्टलाई अरु पेस्ट जसरि नै अनुहारमा लगाउन सकिन्छ। यो पेस्ट लगाएपछि १० देखि १५ मिनेट सम्म राख्नुपर्छ।

यो पेस्ट लगाइसकेपछि धुँदा ध्यान दिनु जरुरी हुन्छ । धुँदा चिसो पानी वा बरफको प्रयोग गर्नुपर्छ। चिसोले गर्दा रोमछिद्रमा छिटो असर हुन्छ। यो पेस्ट हप्ताको दुई देखि तीन पटक वा हरेक दिन पनि प्रयोग गर्न सकिन्छ।

More News last news
Loading...