नेपालमा थप १ हजार ९२० जनामा कोरोना पुष्टि, ३४ जनाको ज्यान गयो

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप एक हजार ९२० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ६ हजार आरटी-पीसीआर र ३ हजार ८३६ जनामा एन्टिजेन परीक्षण गरिएको थियो।

Advertisement

पीसीआर परीक्षणमा एक हजार ३५३ र एन्टिजेन परीक्षणमा ५६७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। यससँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ६ लाख ६५ हजार ७७७ पुगेको छ।

गत २४ घण्टामा नै ३४ जना संक्रमतिको ज्यान गएको छ। यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ हजार ९ पुगेको छ।

गत २४ घण्टामा ३ हजार ७ संक्रमित कोरोनामुक्त भएका छन्। यससँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ५ लाख ८४ हजार ३३४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

More News last news
Loading...